You are viewing the translated version of अनुमतिपत्रको नवीकरण.
Section 4
अनुमतिपत्रको नवीकरण
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी वा पैठारीको लागि अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले ऐनको दफा ६ को उपदफा (२) बमोजिमको अवधिभित्र अनुमतिपत्र नवीकरणको लागि दश हजार रुपैयाँ दस्तुर सहित अनुसूची-५ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनु पर्नेछ।
(२) तेजाब वा अन्य घातक रासायनिक पदार्थको बिक्री वितरणको लागि अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले ऐनको दफा ६ को उपदफा (२) बमोजिमको अवधिभित्र अनुमतिपत्र नवीकरणको लागि पाँच हजार रुपैयाँ दस्तुर सहित सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष अनुसूची-६ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिमको अवधिभित्र निवेदन दिन नसक्ने अनुमतिप्राप्त व्यक्तिले ऐनको दफा ६ को उपदफा (३) बमोजिमको अवधिभित्र उपनियम (१) वा (२) मा उल्लिखित दस्तुरको दोब्बर दस्तुर सहित निवेदन दिन सक्नेछ।